लोड हुँदैछ...

मेनु

रिजाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित

रिजाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले ६ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको छ ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेशबाट विराटनगरका नवीन रिजाल र इटहरीका शिवप्रसाद घिमिरेलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो ।

घिमिरे र रिजाल दुबै महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन् । रिजाल मोरङ उद्योग व्यापार संघको अध्यक्ष रहिसकेका छन् ।

यसैगरी मनोनीत हुने अन्य सदस्यहरूमा मनीषलाल प्रधान, दर्शना श्रेष्ठ, महिला उद्यमी महासंघ काठमाडौं, सहारा जोशी, हिमालयन बेम्बो काठमाडौं तथा गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।