लोड हुँदैछ...

मेनु

बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय, अर्को साता लगातार चार दिन विदा

बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय, अर्को साता लगातार चार दिन विदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार जेठ १४ गते बकर इद परेको उल्लेख गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मन्त्रालयले बकर इदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ ।

यस निर्णयसँगै अर्को साता लगातार चार दिन सार्वजनिक तथा साप्ताहिक बिदा पर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा रहनेछ भने जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।