लोड हुँदैछ...

मेनु

झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित चार पक्राउ

झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित चार पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका–३ क्षेत्रमा शंका लागेर जाँच गर्ने क्रममा भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे नगरपालिका–४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा बसपार्क क्षेत्रबाट मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।