लोड हुँदैछ...

मेनु

भन्सार छलीको प्रोटिन ‘सी’ पाउडर बरामद

भन्सार छलीको प्रोटिन ‘सी’ पाउडर बरामद

विराटनगर । विराटनगरबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएको प्रोटिन ‘सी’ पाउडर बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–७ स्थित पोट्टनी मार्गमा रहेको रवीन्द्रकुमार देवको घरमा भन्सार छलीका सामान लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले बुधबार अपराह्न छापा हानेको थियो ।

प्रहरीले घरभित्र चेकजाँच गर्ने क्रममा गर्भवती महिलाले प्रयोग गर्ने ४४३ बट्टा प्रोटिन ‘सी’ पाउडर फेला पारेको जनाएको छ । बरामद गरिएको पाउडरको अनुमानित मूल्य २ लाख २१ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अवैध सामान बरामद गरे पनि घरधनी रवीन्द्रकुमार देवलाई भने पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।