काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से स्थिरजस्तै देखिएको छ।
बिहीबार २७३०.१७ विन्दुमा र शुक्रबार २७३१ विन्दुमा बन्द भएको नेप्से सोमबार ०.०९ अंक घटेर २७३०.९१ विन्दुमा बन्द भएको हो।
यसदिन कारोबार रकम भने घटेको छ। शुक्रबार ३ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार २ अर्ब ४५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। ३३९ वटा धितोपत्रको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
कारोबारमा ११९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन इंगवा हाइड्रोपावर को सेयर मूल्य सर्वाधिक ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४३८ रुपैयाँ पुगेको छ। त्यस्तै बुंगल हाइड्रो को मूल्य ६.३२ प्रतिशतले बढेर ६२७ रुपैयाँ १० पैसामा पुगेको छ।
घट्ने कम्पनीतर्फ निफ्रा ऊर्जा ऋणपत्र को मूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेर प्रतिऋणपत्र १ हजार ४२ रुपैयाँ १० पैसामा झरेको छ। एसवाई प्यानल को सेयर मूल्य पनि ३.६० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा साहस ऊर्जा अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ, जसको ७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ वटा उपसमूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ। यसदिन ‘अन्य’ समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।