लोड हुँदैछ...

मेनु

एसईईको नतिजा सार्वजनिक हुँदै, ९ बजेपछि हेर्न मिल्ने

एसईईको नतिजा सार्वजनिक हुँदै, ९ बजेपछि हेर्न मिल्ने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईं) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले राति ९ बजेपछि आफ्नो नतिजा हेर्न सक्नेछन् ।

बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक निर्णय गरिसकेको जनाएको छ । यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।

विद्यार्थीहरूले एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । त्यस्तै जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।