लोड हुँदैछ...

मेनु

संसद्को बसङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि: राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेजेट

संसद्को बसङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि: राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेजेट

विराटनगर । सङ्घीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद् सचिवालयका अनुसार संयुक्त बैठक बस्नुअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन्। ती बैठकहरूमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको पत्र र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना पढेर सुनाउने सम्भावित कार्यसूची छ।

आजैको बैठकमा सरकारले सार्वजनिक खरिद र संवैधानिक परिषद् लगायतका विषयसँग सम्बन्धित आठवटा अध्यादेशहरू पनि पेस गर्दैछ। यसका साथै प्रतिनिधिसभा नियमावलीको मस्यौदा र बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।