लोड हुँदैछ...

मेनु

धरानमा प्याराग्लाइडिङ प्रिमियर लिगको एक्युरेसी प्रतियोगिता हुँदै

धरानमा प्याराग्लाइडिङ प्रिमियर लिगको एक्युरेसी प्रतियोगिता हुँदै

धरान । धरानमा पहिलोपटक नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुल्ला एक्युरेसी प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

संघका अध्यक्ष भुपेन्द्र चाम्लिङका अनुसार प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। एक्युरेसी ओभरअलतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एक्युरेसी टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन्। यस्तै, एक्युरेसी नेशनल पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिलातर्फ पनि विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको टेकअफ धरान–४ स्थित छोटी मोरङबाट गरिनेछ भने ल्याण्डिङ सेउती करिडोरमा हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया र श्रीलंका लगायतका देशका करिब ६० खेलाडीको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।