लोड हुँदैछ...

मेनु

रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको भीषण जीप दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार रुकुम पूर्वबाट रोल्पाको पर्यटकीय क्षेत्र जलजलातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ८०० मिटर तल भिरमा खसेको हो। दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सनाखत हुन बाँकी रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र स्थानीय उद्धार टोली घटनास्थलमा पुगेका छन्। जीप भिरको निकै अप्ठ्यारो खोचमा खसेकाले उद्धार कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। ‘रुकुम पूर्वबाट जलजलातर्फ आउँदै गरेको जीप दुर्घटनामा परेको र अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भनेको छ, ‘अहिले घटनास्थलमा उद्धार कार्य जारी छ।’

दुर्घटनाको विस्तृत विवरण र दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।