लोड हुँदैछ...

मेनु

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ। बजार सामान्य अंकले घट्दै २७३८.७२ विन्दुमा बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेको छ । कारोबार सुरु भएको केही समयमै सूचक २७०८ विन्दुसम्म झरे पनि पछि गिरावट केही सम्हालिएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स सामान्य घटेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हल्का गिरावट देखिएको छ। कारोबार रकम पनि घट्दै ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। कुल ३४६ कम्पनीका १ करोड ९ लाखभन्दा बढी कित्ता शेयर ८० हजारभन्दा बढी पटक किनबेच भएका छन्।

यस दिन बजारमा ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनी स्थिर रहेका छन्। यस दिन बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य रूपमा बढेका छन् भने अन्य सबै उपसमूह घटेका छन्।

सबैभन्दा धेरै मूल्य बढ्नेमा श्रीनगर एग्रिटेक इन्डस्ट्रिज रहेको छ, जसको शेयर १२.५७ प्रतिशतले बढेको छ। त्यस्तै शिखर पावर र एसियन हाइड्रोपावरको मूल्य पनि करिब ८ प्रतिशत नजिक बढेको छ। अर्कोतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै १०.३८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर सक्रिय कारोबार भएका कम्पनीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।