लोड हुँदैछ...

मेनु

आगामी रणनीति तय गर्न शेखर कोइरालाले बोलाए आफूनिकटहरूको भेला

आगामी रणनीति तय गर्न शेखर कोइरालाले बोलाए आफूनिकटहरूको भेला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट नेताहरूको भेला बोलाएका छन् । विशेषगरी बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग आगामी रणनीतिका बारेमा छलफल गर्न उनले यो भेला आह्वान गरेका हुन् ।

पार्टीको दोस्रो विशेष महाधिवेशनपछि निर्वाचित आधिकारिक कार्यसमितिमा नपरेका र सभापति शेरबहादुर देउवा एवं पूर्णबहादुर खड्का समूहमा पनि समाहित हुन नचाहेका नेताहरूलाई समेट्ने प्रयासमा कोइराला लागेका छन् ।

समूहको आगामी कदम र सांगठनिक योजनाबारे छलफल गर्न भेला आयोजना गरिएको नेता गोविन्द पोखरेलले जानकारी दिए । ‘यो कुनै भागबण्डा खोज्न वा बार्गेनिङ गर्नका लागि नभई आफूनिकट साथीहरूलाई समेटेर कसरी अघि बढ्ने भन्ने प्रयास हो’,पोखरेलले भने,‘भेलामा समूहको आगामी रणनीतिबारे गम्भीर छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।