विराटनगर । संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसको बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठकमा पार्टी सभापति गगनकुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।
त्यस्तै, दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिमरूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
कांग्रेसको संसदीय दलको नेता चयन गर्न गत शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन भए पनि सहमतिको लागि भन्दै स्थगन गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।