लोड हुँदैछ...

मेनु

कार्यविभाजन र महाधिवेशनको टुङ्गो लगाउन नेकपाको निर्णायक बैठक आज बस्दै

कार्यविभाजन र महाधिवेशनको टुङ्गो लगाउन नेकपाको निर्णायक बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको महत्वपूर्ण बैठक आज सोमबार दिउँसो १ बजे पेरिसडाँडामा बस्दै छ। पार्टीको साङ्गठनिक संरचनालाई पूर्णता दिन र नेताहरूको कार्यविभाजन टुङ्ग्याउन यो बैठक निर्णायक हुने देखिएको छ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले संयुक्त रूपमा तयार पारेको विशेष प्रस्ताव पेस गरिने कार्यक्रम छ। यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको सम्बोधन गर्दै तयार पारिएको यस प्रस्तावलाई आजको बैठकले अनुमोदन गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए।

विशेष गरी साविकका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच शक्ति सन्तुलन मिलाउने गरी प्रदेश इन्चार्ज, विभाग र अन्य साङ्गठनिक जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको छ। बैठकले ६०१ सदस्यीय केन्द्रीय समिति र १२५ सदस्यीय सचिवालयलाई पूर्णता दिनुका साथै ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने गरी चुनावी समीक्षा र महाधिवेशनको मितिबारे समेत ठोस निर्णय लिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।