लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा आज दिउँसो र राति पनि वर्षाको सम्भावना

कोशी प्रदेशमा आज दिउँसो र राति पनि वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेश नजिक वायु मण्डलको तल्लो भागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण कोशी प्रदेशमा आज पनि वर्षाको सम्भावना देखाएको छ ।

गएको चौबीस घन्टामा कोशीदेखि कर्णाली प्रदेशसम्मका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसमध्ये सबैभन्दा भारी वर्षा मुसीकोटमा भएको थियो । त्यहाँ गएको चौबीस घन्टामा ७८.२ मिलिमिटर वर्षा मापन भएको छ। आपचौरमा ४८.४ मिलिमटर र सेउलीबाङमा ४५.६ मिलिमिटर वर्षा मापन भएको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत देशको बाँकी हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।