लोड हुँदैछ...

मेनु

जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३ः पहिलो खेलमा धनपालथान–७ विजयी

जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३ः पहिलो खेलमा धनपालथान–७ विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिकामा शुक्रबारबाट सुरु भएको ‘जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३’ को पहिलो खेल धनपालथान–७ ले जितेको छ ।

जहदा–४ लाई ३७ रनले पराजित गर्दै धनपालथान–७ ले पाँचौं संस्करणको टुर्नामेन्टको पहिलोे उद्घाटन खेल जितेको हो । टस जितेर ब्याटिङ गरेको धनपालथान–७ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको स्कोर खडा गरेको थियो । तर, १५८ रनको लक्ष्य पाएको जहदा–४ को टिम १७ औं ओभरको प्रगतिमा अलआउट हुँदै १२० रनमा समेटियो । टुर्नामेन्टका म्यान अफ द म्याच धनपालथानल–७ का हरेराम सिंह घोषित भए । टुर्नामेन्टमा ५ विकेट लिएर ३८ रनको योगदान पुर्याएका उनले मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लिगकम नकआउटको आधारमा वैशाख १९ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टमा जहदा र धनपालथानका ७/७ वटा टिमले सहभागिता जनाएका छन् । दोश्रो खेल बैशाख १२ शनिबार जहदा–२ र धनपालथान–६ बिच हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार टुर्नामेन्टमा जहदा र धनपालथाल गाउँपालिकाका स्थानीय टिमहरुको सहभागिता रहेको छ । टुर्नामेन्टका क्वार्टर फाईनल खेलहरु वैशाख १५ र सेमिफाईनल खेलहरु १७ गतेबाट सुरु हुने आयोजक संस्था लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साह बताए । उनले नयाँ खेलाडी उत्पादन र खेलक्षेत्रको विकासका निम्त्ति प्रत्येक वर्ष टुर्नामेन्टको आयोजना गरिँदै आएको जानकारी दिए ।

टुर्नामेन्टको फाईनल खेल भने बैशाख १९ गते हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार खेलको विजेता र उप–विजेता टिमले क्रमशः ५१ हजार र २५ हजारको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

टुर्नामेन्टको म्यान अफ द सिरिजले भने ५ हजार ५ सयको नगद पुरस्कारसहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।