लोड हुँदैछ...

मेनु

रवि लामिछानेलाई हर्कले सोधे– यो रास्वपाकै निर्णय हो ?

रवि लामिछानेलाई हर्कले सोधे– यो रास्वपाकै निर्णय हो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीप्रति कडा आपत्ति जनाएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत दुईवटा स्टाटस लेख्दै साम्पाङले सरकारको कदमको आलोचना गरेका हुन् ।

अध्यक्ष साम्पाङले सरकार धनी र ठालुहरुका लागि मात्र नभई गरिब र निमुखाहरुको अभिभावक बन्नुपर्नेमा जोड दिएका छन् । सरकारलाई सुझाव दिँदै उनले लेखेका छन्, ‘अरुको रोदन र अरुको चित्कारलाई संगीत नठान १ गरिबको पीर र व्यथा, समस्या अनि आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार।।। तिमीलाई मेरो सुझाव छ १ गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्ने छैन ।’

उनले अगाडि लेखेका छन्, ‘मैले बुझेको सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ । हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार १ हिँड्न नसक्नेको वैशाखी खोस्ने के सरकार रु’

साम्पाङले सुकुमबासी बस्ती हटाउने सन्दर्भमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० माथि पनि तीखो प्रहार गरेका छन् । निर्वाचनका बेला गरेका बाचा स्मरण गराउँदै उनले प्रश्न गरेका छन्, ‘रविजी, तपाईँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने रु हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या रु जे होस् बचनको पक्का देखियो रास्वपा ।’

शासक र सुकुमबासीको जीवनशैली तुलना गर्दै साम्पाङले आक्रोश पोखेका छन् । ‘करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमुनि रातभरि कुकुर बिरालासँगै गन्हाउने ढल सुँघ्दै सुत्नेको पीडा रु’ उनले लेखेका छन् ।

पछिल्लो समय काठमाडौंका नदी किनारका सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालय र महानगरपालिकाबीच समन्वय भइरहेको चर्चा चलिरहेका बेला साम्पाङको यो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।