लोड हुँदैछ...

मेनु

नेप्से २८०० विन्दुभन्दा तल झर्‍यो, लगातार चौथो दिन गिरावट

नेप्से २८०० विन्दुभन्दा तल झर्‍यो, लगातार चौथो दिन गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक बिहीबार पनि घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि ओरालो लागेको बजारले चौथो दिन पनि गिरावटलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १७.०१ अंकले घट्दै २७८७.१५ विन्दुमा झरेको छ। १० कारोबार दिनपछि नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको हो। यसअघि गत चैत २४ गते परिसूचक २८०० विन्दुभन्दा तल बन्द भएको थियो। सेन्सेटिभ इण्डेक्स २.९४ अंक घट्दा फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंकले गिरावट देखाएका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४८ स्टकको ९३ हजार ९०७ पटकको कारोबारमा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढ्दा पछिल्ला दिन निरन्तर उकालो लागेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य भने सर्वाधिक ११.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ४२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको करिब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने होटल फरेष्ट इनको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बिहीबार २ उपसमूह मात्र हरियालीमा रहँदा ११ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह सामान्य बढ्दा होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ। साथै वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।