लोड हुँदैछ...

मेनु

कोशीका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

कोशीका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

धरान । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापा, सुनसरी, मोरङ र उदयपुरका विभिन्न स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ परेका छन्।

झापाको अर्जुनधारा–११ बाट २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय सन्जोग राई, रुपेश दर्जी र अमृत दर्जी पक्राउ परेका हुन्। उनीहरू बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका छन्। उक्त कारबाही लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कको संयुक्त टोलीले गरेको हो।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह–३ बाट सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले नियन्त्रणमा लिएको हो।

सुनसरीकै कोशी गाउँपालिका–१ बाट हरि बहादुर श्रेष्ठ ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

मोरङको विराटनगर–१६ बाट समीर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको छ।

उदयपुरको बेलका–१ बाट मोटरसाइकल चालक आर्जु राई र पछाडि सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी भागलपुरले पक्राउ गरेको जनाएको छ।

प्रहरीले सबै घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।