विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा धारणा अघि सारेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेकाक राईले ‘संविधान संशोधन कार्यशाला २०८३’ सार्वजनिक गर्दै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था प्रस्ताव गरेका हुन्।
अनुसार निर्वाचित कार्यकारी प्रमुखले मन्त्रिपरिषद् गठन गर्ने र त्यसमा सभ्यता, जाति, समुदाय तथा लिङ्गका आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। प्रस्तावमा सरकार सञ्चालनको कार्यविधि तय गर्ने, कानुन निर्माण गर्ने, सरकारी कामको मूल्याङ्कन तथा निरीक्षण गर्ने र आवश्यक सुझाव दिने संयन्त्रको व्यवस्था गरिनुपर्ने पनि उल्लेख छ।
कार्यकारी प्रमुख निरंकुश बनेको अवस्थामा महाअभियोग लगाउने र संसदबाट महाअभियोग पारित भए पदमुक्त गर्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ। साम्पाङले आफ्नो पार्टी स्पष्ट रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको जनाउँदै वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।