लोड हुँदैछ...

मेनु

शून्य बाँकी फाइल सप्ताहमा फछ्र्यौट नभएका फाइलका बारेमा गुनासो गर्न सरकारको आग्रह

शून्य बाँकी फाइल सप्ताहमा फछ्र्यौट नभएका फाइलका बारेमा गुनासो गर्न सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सञ्चालन गरेको शून्य बाँकी फाइल सप्ताह अभियानका क्रममा फछ्र्यौट हुन नसकेका फाइलका बारेमा गुनासो गर्न सार्वजनिक आह्वान गरेको छ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै गत २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनवटै तहका सरकारी निकायमा सञ्चालन गरिएको उक्त अभियानको प्रभावकारिता बुझ्न र बाँकी रहेका कामबारे जानकारी लिन यस्तो आग्रह गरेको हो।

सूचनामा उल्लेख भए अनुसार, सो अवधिमा फछ्र्यौट हुनुपर्ने तर हुन नसकेका कुनै पनि फाइल वा सरकारी कामकारबाहीका बारेमा सर्वसाधारणले आफ्ना गुनासोहरू सिधै हेलो सरकार शाखामा दर्ता गराउन सक्नेछन्।

गुनासो गर्ने माध्यममा टोल फ्री नम्बर ११११ र वेबसाइट https://gunaso.opmcm.gov.np/register दिइएको छ । सरकारी सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने उद्देश्यका साथ सञ्चालित यस अभियानमा कुनै पनि निकायबाट ढिलासुस्ती भएको पाइएमा तुरुन्त जानकारी गराउन कार्यालयका शाखा अधिकृत नेत्र प्रसाद पोखरेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।