लोड हुँदैछ...

मेनु

खड्कालाई सोधेको स्‍पष्टीकरण कांग्रेसले फिर्ता लिने

खड्कालाई सोधेको स्‍पष्टीकरण कांग्रेसले फिर्ता लिने

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो । उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ ।

खड्काले भने स्पष्टीकरण सोधने अनुशासन समितिको निर्णयलाई अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।