विराटनगर । कोशी प्रदेशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली भएको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने र गर्मी बढ्ने अनुमान गरिएको छ।
यसैगरी, आज राति कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।