लोड हुँदैछ...

मेनु

सरकारी निर्देशन अवज्ञा गर्दै पाँचथरमा आइतबारबाट विद्यालय सञ्चालन हुने

सरकारी निर्देशन अवज्ञा गर्दै पाँचथरमा आइतबारबाट विद्यालय सञ्चालन हुने

पाँचथर । जिल्लाभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्।

प्याब्सन पाँचथरले सूचना जारी गर्दै वैशाख ६ गते आइतबारदेखि जिल्लाका सबै निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको हो।

सरकारले वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना नगर्न र २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएपनि प्याब्सनले सो समयसीमाभन्दा अघि नै विद्यालय खोल्ने निर्णय गरेको हो। प्याब्सन पाँचथरका अध्यक्ष नवीन ओझाका अनुसार जिल्लाभरका विद्यालयलाई सर्कुलर जारी गरिसकिएको छ।

विद्यालय सञ्चालन गर्ने निर्णयसँगै प्याब्सनले अभिभावकलाई आफ्ना नानीबाबुलाई आवश्यक शैक्षिक सामग्री तथा किताबकापीसहित विद्यालय पठाउन आग्रह गरेको छ। अध्यक्ष ओझाले विद्यालय खुलेसँगै नियमित कक्षा सञ्चालन गरिने र शैक्षिक गतिविधि क्रमशः सामान्य अवस्थामा फर्काइने जानकारी दिए।

सरकारले बिनाकारण भर्ना अभियानलाई पछि धकेल्दा शैक्षिक क्यालेण्डर प्रभावित हुने र विद्यार्थी पनि लामो बिदाको कारण समस्या भएकोले बिधालय खोल्ने निर्णय भएको सञ्चालकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।