लोड हुँदैछ...

मेनु

कांग्रेस रबर कि शिशा ? बास्कोटाको आशंका

कांग्रेस रबर कि शिशा ? बास्कोटाको आशंका

विराटनगर नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक दलभित्रको विवाद र झगडा अदालत पुगेर समाधान नहुने टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि नेता बास्कोटाले राजनीतिक एकता कानुनी फैसलाभन्दा पनि नेताहरूको नियतमा भर पर्ने धारणा राखेका हुन्।

अन्य प्रकृतिका झगडामा न्यायका लागि अदालत जानु स्वभाविक भए पनि राजनीतिक दलका आन्तरिक किचलोमा अदालतले समाधान दिन नसक्ने उनको तर्क छ। विगतमा नेकपाको विवादमा अदालतले दिएको फैसला र त्यसपछिको परिणामलाई स्मरण गर्दै बास्कोटाले भनेका छन्, “नेकपा मिल्यो, झगडा पर्यो, अदालत धाए। अदालतले निर्णय दिए पनि फेरि मिलेनन्, झर्याम्म झुरुम शिशा झै चकनाचुर भए।”

बास्कोटाले राजनीतिक एकता कानुनको विषय नभई नियतको विषय भएको उल्लेख गर्दै अब नेपाली कांग्रेसको भविष्य के होला भन्ने प्रश्न उठाएका छन्। उनले कांग्रेस अब विवाद तन्काएर यथास्थितिमा रहने ‘रबर’ बन्ला कि फुटेर टुक्रा हुने ‘शिशा’ बन्ला भन्दै आशंका व्यक्त गरेका छन्।

अदालतबाट दलीय विवादको कानुनी निरुपण खोज्नु उचित नहुने सन्देश दिँदै उनले राजनीतिक दलहरू आफ्नै आन्तरिक समझदारीबाट चल्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।