लोड हुँदैछ...

मेनु

कोशी पहाडमा वर्षा, तराईमा गर्मी

कोशी पहाडमा वर्षा, तराईमा गर्मी

विराटनगर । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेका कारण पहाडी क्षेत्रमा मौसम बदली रहेको भएपनि तराई क्षेत्रमा मौसम खुला भई गर्मी बढ्न थालेको छ ।

यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागले शुक्रबारको पूर्वानुमान जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।