लोड हुँदैछ...

मेनु

बालिकामाथि यौनजन्य हिंसा आरोपमा पक्राउ

बालिकामाथि यौनजन्य हिंसा आरोपमा पक्राउ

धनकुटा । धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने ४२ वर्षीय धनबहादुर गिरीलाई उक्त आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बालिकामाथि यौनजन्य हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले बुधबार साँझ गिरीलाई घरबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका गिरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।