लोड हुँदैछ...

मेनु

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी, सचेतकमा धिताल र परियार

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी, सचेतकमा धिताल र परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलमा एक जना प्रमुख सचेतक र दुई जना सचेतक चयन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो।

बुर्लाकोटी पार्टीका महामन्त्रीसमेत हुन्। उनी गोरखा क्षेत्र नम्बर २ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद हुन्। बैठकमा पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको पनि उपस्थिति रहेको थियो।

यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्। सचेतकमा चयन भएका परियार विवेकशील पार्टी हुँदै रास्वपामा आएका हुन् भने धिताल एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेकी थिइन्।

संसदीय दलभित्र सांसदहरूलाई अनुशासनमा राख्ने, ह्विप जारी गर्ने तथा संसदीय गतिविधि व्यवस्थापन गर्ने जिम्मेवारी प्रमुख सचेतक र सचेतकको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।