विराटनगर । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा फेरबदल देखिएको छ । जसका कारणले आज पनि कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आज कोशी प्रदेशको पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने र अन्य प्रदेशका पहाडी र हिमाली भागमा भने आंशिक बादल लाग्ने बताइएको छ ।
महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ। यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।