विराटनगर । गगनकुमार थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको नक्कली लेटरहेड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि चैत १४ गते खड्काले पार्टीको लेटरहेड दुरुपयोग गर्दै वक्तव्य जारी गरेको भन्दै चैत १८ गतेको बैठकले उनलाई एक पटकका लागि सचेत गराएको थियो। तर, त्यसपछि पनि उनले चैत ३० गते पुनः आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेको आरोप छ ।
अनुशासन समितिका अनुसार यस्तो कार्य पार्टीको विधान विपरीत भएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितं) को धारा ३४ उपधारा ८ (घ) अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। समितिका संयोजक तारामान गुरुङले खड्काले कार्यवाहक सभापतिको हैसियत देखाउँदै विज्ञप्ति जारी गर्नु नियमविपरीत भएको बताएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।