लोड हुँदैछ...

मेनु

कोशीको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

कोशीको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

विराटनगर । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएका कारण आज कोशी लगायत देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी हिमाली क्षेत्रमा बादल लागेका कारण आंसिक बदलीको अवस्था छ भने तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ। बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भू–भाग र अन्य हिमाली क्षेत्रका एक(दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।