लोड हुँदैछ...

मेनु

असहमतिका बिच कांग्रेसले थाल्यो क्रियाशील सदस्यता अद्यावधिक अभियान

असहमतिका बिच कांग्रेसले थाल्यो क्रियाशील सदस्यता अद्यावधिक अभियान

विराटनगर । विशेष महाधिवेशनको विपक्षमा रहेको समूहको विरोध र असहमतिकाबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।

संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

पार्टी सभापति गगन थापाले पार्टीलाई मतदान गरेको, चुनावमा खटिएको, आगामी दिनमा पनि पार्टी नीति अनुसार काम गर्छु भनेर पार्टी कार्यालयमा आएर सदस्यता माग्नेलाई क्रियाशील सदस्य दिइने बताए । उनले यो अभियान असोज महिनासम्म चलाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।