विराटनगर । ९ औँ सँस्करणको भोजपुर मेयर गोल्डकपमा तीन वटा ए डिभिजन क्लबको सहभागी रहने भएको छ । बैशाख ६ गतेबाट भोजपुर रंगशालामा सुरु हुने प्रतियोगितामा ए डिभिजनका तीन क्लव सहित जम्मा ८ टिमको सहभागीता रहने आयोजक जिल्ला फुडबल संघले जनाएको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद पाँच लाख र तीन लाख प्रदान गरिने छ भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था रहेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताए ।
उक्त प्रतियोगितामा सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौ, ए.एक्स. सिटी मोरङ, ए.पी.एफ फुटबल क्लब काठमाडौ, केपीलासगढी गाउँपालिका खोटाङ, संखुवासभा ११ संखुवासभा, द गोर्खाज फुटबल कल्ब उदयपुर , र आयोजक जिल्ला फुटबल संघ गरी ८ टिमले सहभागी जनाउने जिल्ला फुटवल संघका महासचिव तुफान किरातले जनाएका छन् । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ बाँकी रकम अन्य प्रायोजकहरुबाट जुटाइने काशी प्रदेश फुटबल संघका उपाध्यक्ष सफल किरातले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।