लोड हुँदैछ...

मेनु

सुन र धन मात्र होइन, स्रोत पनि देखाऊ : हर्क साम्पाङ

सुन र धन मात्र होइन, स्रोत पनि देखाऊ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको वैधानिक स्रोत समेत खुलाउनुपर्ने माग गरेका छन्। हालै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले विवरणमा सुन र धनको थुप्रो देखाएर मात्र नपुग्ने भन्दै त्यसको आर्जन प्रक्रिया स्पष्ट पार्न चुनौती दिएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले स्रोत नखुलेको सम्पत्तिलाई घुमाइफिराइ गरिएको भ्रष्टाचारकै रूपमा बुझ्नुपर्ने तर्क गरे। उनले मन्त्रीहरूको सम्पत्ति कति छ भन्ने अंक बाहिर आए पनि त्यो कसरी र कुन माध्यमबाट कमाइयो भन्ने कुरा रहस्यमय रहेको बताएका छन्।

उनले लेखेका छन्, “सरकारमा रहेकाहरूको सम्पत्ति यति छ भनेर त आयो, तर अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्थ्यो। स्रोत स्पष्ट नभएको धन त भ्रष्टाचारकै प्रतिफल हो। त्यसैले सम्पत्तिको आधार प्रष्ट पारिनुपर्छ।”

साम्पाङले सार्वजनिक पदमा रहेकाहरूले पारदर्शिता देखाउनका लागि आफ्नो प्रत्येक आर्जनको स्रोत जनतासामु ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।