लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ती विवरण

प्रधानमन्त्रीले फेसबुकबाट डेढ करोड कमाए, गृहमन्त्रीसँग ८९ तोला सुन र ६ किलो चाँदी

प्रधानमन्त्रीले फेसबुकबाट डेढ करोड कमाए, गृहमन्त्रीसँग ८९ तोला सुन र ६ किलो चाँदी

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विवरण सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री शाहको नाममा काठमाडौँमा पाँच आना जग्गा रहेको छ। साथै, उनले फेसबुक, युट्युब र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट १ करोड ४६ लाख रुपैयाँ कमाएको विवरण पेश गरेका छन् ।

आमा ध्रुवदेवी शाहको नाममा धनुषामा २ बिघा जग्गा रहेको छ भने बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ। पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको छ उनले उल्लेख गरेका छन् । जसलाई पैतृक सम्पत्तिको रूपमा देखाइएको छ।

यस्तै, गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ। चितवनको भरतपुर–१८ मा ३० कट्ठा, गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी र धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ।

गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी र करिब ६० लाख रुपैयाँ नगद रहेको छ । विभिन्न बैंकहरूमा बचत रकम राखिएको छ भने शेयरमा करिब ४ करोड रुपैयाँ लगानी रहेको उनले उल्ल्ेख गरेका छन् । साथै, उनले करिब ४८ लाख रुपैयाँ मूल्यको एमजी गाडी पनि रहेको विवरणमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।