पाँचथर । प्रधानमन्त्री र अन्य राजनीतिक नेताहरूलाई युट्युबमार्फत गालीगलौज तथा अपमान गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन्। उनले आफ्नो ‘Jadmes’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री, बालेन्द्र (बालेन) शाह लगायतका नेताहरूविरुद्ध अश्लील र अपमानजनक शब्द प्रयोग गरी भिडियो सामग्री प्रसारण गरेको प्रहरीको दाबी छ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान र निर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो।
पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार पक्राउ परेका पोखरेलमाथि साइबर अपराध सम्बन्धी मुद्दा चलाउन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ। उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।