लोड हुँदैछ...

मेनु

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

इटहरी। इनरुवा–४ बसचोक क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गमा गरिएको विशेष चेकिङका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स्कुटर रोकेर जाँच गर्दा चालक ३५ वर्षीय रामकुमार रसाइली र पछाडि सवार २९ वर्षीय राकेश तामाङको साथबाट १.७३ ग्राम ब्राउन सुगर फेला परेको हो।

प्रहरीले लागूऔषधसहित स्कुटरसमेत बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।