लोड हुँदैछ...

मेनु

सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न

सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्न, विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।