लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा आजपनि वर्षाको सम्भावना

कोशी प्रदेशमा आजपनि वर्षाको सम्भावना

विराटनगर। कोशी प्रदेश लगायत देशका तीन प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।