लोड हुँदैछ...

मेनु

उपसभामुखको निर्वाचन चैत २७ गते हुने सभामुखको घोषणा

उपसभामुखको निर्वाचन चैत २७ गते हुने सभामुखको घोषणा

काकठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि कार्यतालिका प्रकाशन गर्न आजको बैठकमा निर्देशन दिएका छन् ।

यसअघि चैत २२ गते सभामुख निर्वाचन सम्पन्न भएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ।

सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएका थिए। संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने व्यवस्था रहेकाले उपसभामुख भने रास्वपाबाहेक अन्य दलका महिला सांसदबाट निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।