खोटाङ । दिक्तेलमा सम्पन्न निःशुल्क आँखा शिविरबाट ११ सयभन्दा बढीले उपचार सेवा पाएका छन्।
नेपाल नेत्रज्योति संघ खोटाङको आयोजना तथा सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालन भएको तीनदिने शिविरबाट १ हजार १३९ जनाले सेवा लिएका हुन्।
संघका सभापति इन्द्र कसजूका अनुसार शिविरमा १४९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। साथै ४८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको थियो भने ७७० जनालाई औषधि प्रदान गरिएको छ।
शिविरमा शल्यक्रिया गरिएका ११५ जना बिरामीलाई कालो चस्मा समेत वितरण गरिएको आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।