लोड हुँदैछ...

मेनु

कोशीमा हावाहुरी र पश्चिममा वर्षाको सम्भावना

कोशीमा हावाहुरी र पश्चिममा वर्षाको सम्भावना

विराटनगर । नेपालमा हाल विकसित पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न तराई क्षेत्रमा हावाहुरी चल्ने र पश्चिमी भेगमा वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा तीव्र वेगको हावाहुरी चल्ने सम्भावना छ। विशेष गरी कोशी प्रदेशका तराईका जिल्लाहरूमा हावाहुरीको प्रभाव रहन सक्ने देखिएको छ।

यसैगरी, पश्चिमी वायुको प्रभावले देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। सुदूरपश्चिमको तराई लगायत अन्य पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

हाल देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।