लोड हुँदैछ...

मेनु

एमालेले सभामुखमा दिएन उम्मेदवारी, अर्याल निर्विरोध निर्वाचित

एमालेले सभामुखमा दिएन उम्मेदवारी, अर्याल निर्विरोध निर्वाचित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेले उम्मेदवारी नदिएपछि रास्वपाका अर्याल सभामुखमा निर्विरोध चयन भएका हुन् । सभामुखको लागि आज अपरान्ह २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

अर्यालले भने विहानै सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो ।

संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित थियो । एमालेले संसदीय प्रक्रियामा सहभागी हुने भन्दै गुरु बराललाई सभामुखको उम्मेदवार बनाउने बताएको थियो । तर, अन्तिम समयसम्म एमालेबाट उम्मेदवारी दर्ता नभएपछि अर्याल निर्बिरोध निर्वाचित भएका हुन् ।

अर्याल सभामुखमा निर्वाचित भएको घोषणा आइतबारको प्रतिनिधिसभा बैठकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।