विराटनगर। आजदेखि एसइई परीक्षा सुरु भएको छ । परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी हुँदैछन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् । परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको छ ।
सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी गरिरहेको छ । यसअघि परीक्षा सकिएको सामान्यतया तीन महिनाभित्र नतिजा प्रकाशन हुँदै आएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।