काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको लागि मिति तय गरेको हो।
सभामुख पदका लागि मनोनयन दर्ता चैत २० गते गर्ने सहमति भएको छ । सभामुख चयनको लागि २२ गते निर्वाचन सम्पन्न गरी सोही दिन पदभार ग्रहण गराउने तयारी गरिएको छ।
संसद् सचिवालयको आह्वानमा पहिलो सर्वदलीय बैठक सिंहदरबारस्थित महासचिव पद्यप्रसाद पाण्डेयको कार्यकक्षमा बसेको थियो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहेको थियो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको उक्त बैठकमा कानुनमन्त्री सोविता गौतमसमेत सहभागी थिइन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, प्रकाशचन्द्र परियार, नेकपाका वर्षमान पुन, राप्रपाकी खुश्बु ओली, श्रम संस्कृतिका आरेन राईलगायत नेताहरू सहभागी थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।