लोड हुँदैछ...

मेनु

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरमा २०८ जनालाई सेवा

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरमा २०८ जनालाई सेवा

खोटाङ । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले सेवा लिएका छन्।

रणभीम गण मुडे र १८ नं. गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सम्पन्न शिविरमा १४९ महिला, ५९ पुरुष र १० बालबालिकाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका हुन्।

रणभीम गण मुडेका प्रमुख सेनानी केदारप्रसाद लामिछानेका अनुसार दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच सीमित भएकाले शिविर सञ्चालन गरिएको हो। उनले यस्तो कार्यक्रमले नागरिक–सैन्य सम्बन्ध अझ मजबुत बनाएको र स्थानीयहरू सन्तुष्ट रहेको बताए।

शिविरमा जिल्ला अस्पताल खोटाङ र साकेला आधारभूत अस्पताल को समन्वयमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्य परामर्श तथा सचेतनामूलक सेवा निःशुल्क प्रदान गरिएको सेनाले जनाएको छ। गाउँपालिका प्रमुख रविप्रकाश राईका अनुसार सेनाको पहलले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुगेको छ।

शिविर रतन्छास्थित साकेला आधारभूत अस्पताल परिसरमा सञ्चालन गरिएको थियो। नेपाली सेनाले ‘नागरिक–सैन्य सम्बन्ध सदृढ कार्यक्रम’ अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्यहरू गर्दै आएको छ।

यसअघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा विद्यालयका लागि फर्निचर निर्माण, विपद् व्यवस्थापन पूर्वअभ्यास, सडक मर्मत तथा सरसफाइजस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।