लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दै

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दै

विराटनगर । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे सिंहदरवारमा बस्ने तयारी गरिएको छ ।

प्रतिनिधिसभाको अधिवेश भोलिबाट सुरु हुँदैछ । प्रतिनिधिसभा बैठकको कार्यसूचि लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो ।

‘फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।