लोड हुँदैछ...

मेनु

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्।

प्रहरीले आइतबार उनलाई पक्राउ गरेको थियो। सोही दिन अदालतबाट ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति समेत लिइसकेको छ।

पक्राउ परेकै दिन राति उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार खड्कालाई सोमबार बिहान करिब ३ बजे अस्पताल ल्याइएको थियो र हाल १०२९ नम्बरको बेडमा राखेर उपचार भइरहेको छ। उनलाई के समस्या भएको हो भन्ने खुलेको छैन ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई जेनजी आन्दोलनका क्रममा उनको घरमा बरामद भएको रकमसम्बन्धी विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको बताइएको छ। गृहमन्त्री सुधन गुरुङले समेत सोही प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिएका थिए।

खड्काको घरबाट जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा तथा खरानी समेत संकलन गरिसकेको छ।

यसैबीच जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।