लोड हुँदैछ...

मेनु

विपक्षीको प्रश्नमा आक्रोशित हुने सत्ता पक्षको व्यवहारप्रति हर्क साम्पाङको प्रश्न

विपक्षीको प्रश्नमा आक्रोशित हुने सत्ता पक्षको व्यवहारप्रति हर्क साम्पाङको प्रश्न

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले विपक्षी दलले उठाएका प्रश्न र मागेका स्पष्टीकरणप्रति सत्ता पक्षका समर्थकहरूले देखाउने व्यवहारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्ने विपक्षीको अधिकारलाई सम्मान गर्न नसक्ने प्रवृत्तिप्रति कटाक्ष गरेका हुन् । “प्रतिपक्षले बोल्दा रिसाउने तिमी को हौ ?” भन्दै उनले सत्ता पक्षका कार्यकर्ता वा समर्थक लक्षित प्रश्न गरेका छन् ।

साम्पाङले अगाडि लेखेका छन्, “प्रतिपक्ष दलको नेताले तिम्रो पार्टीको सरकारले गरेको कामबारे प्रश्न तेर्स्याउँदा र स्पष्टीकरण माग्दा रिसाउने तिम्रो लोकतन्त्र कस्तो ?”

पछिल्लो समय सत्ता पक्ष र विपक्षीबीच बढ्दै गएको वाकयुद्ध र आलोचना सहन नसक्ने प्रवृत्तितर्फ संकेत गर्दै उनले लोकतन्त्रमा प्रश्न र उत्तरको महत्त्व हुने धारणा व्यक्त गरेका हुन् । साम्पाङको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न बहसहरू सुरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।