विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशभर आन्दोलन चर्किएको छ । यसै क्रममा काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको छ ।
प्रधानमन्त्री हुँदा ‘जेनजी’ आन्दोलन दमन गरेको अभियोगमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेका जनवर्गीय संगठनहरू सडकमा उत्रिएका हुन् । राजधानीमा स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केहीबेर अवस्था तनावपूर्ण बनेको थियो । एमालेले यसलाई राजनीतिक प्रतिशोध भन्दै मोरङसहित देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनलाई लिएर सरकारले ओली र लेखकमाथि कदम चालेको हो । यद्यपि, एमाले कार्यकर्ताहरूले भने आफ्ना नेताको रिहाइको माग गर्दै प्रदर्शनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।