लोड हुँदैछ...

मेनु

सहकारी ठगीमा लामिछानेलाई वैशाख १४ गतेको तारेख

सहकारी ठगीमा लामिछानेलाई वैशाख १४ गतेको तारेख

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा वैशाख १४ गतेको अर्को तारेख तोकेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आइतबार अदालतबाट तारेख बुझेपछि अर्को तारेख बैशाख १४ गतेका लागि तोकिएको हो ।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । उनीविरुद्ध ०८१ पुस २१ मा सङ्गठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा परेको थियो ।

लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुद्धीकरणको मुद्दा पनि छ । संगठित अपराध र सम्पत्ती शुद्धिकरकणको मुद्दा भने शुशिलmा कार्की सरकारले फिर्ता लिएको थियो । तर, त्यसबारे सर्वोच्च अदालतमा रिट परेसँगै विचाराधिन छ ।

लामिछानेलाई अर्को तारिख वैशाख १४ गतेलाई तोकिएको जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले बताए। उनी मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

लामिछानेविरुद्ध अरु पाँच वटा अदालतमा पनि मुद्दा छन्। जसमध्ये रुपन्देही अदालतले उनलाई सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उनी आफ्नो भागको बिगो बुझाएर रिहा भएका थिए। त्यसअघि उनले जिल्ला अदालतमै एक करोड धरौटी पनि बुझाएका थिए।

यस्तै पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख, चितवनको सहारा सहकारीमा ५४ लाख र सानो पाइला सहकारीमा एक करोड धरौटी बुझाएर रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।